News कुपा कपमा पहिलो चरणका आठ खेलहरु सम्पन्न
गोलनेपाल

निलकण्ठ । यहाँ जारी तेस्रो कुपा कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तरगत पहिलो चरणका आठ खेलहरु सम्पन्न भएका छन् ।

निलकण्ठ–१४, धुवाकोट, धादिङ स्थित स्थानीय खेलमैदानमा भएको दिनको पहिलो खेलमा हिमचुली युवा क्लबले खरबारी युवा क्लबलाई २–० ले हरायो । दोस्रो खेलमा सामरी युवा क्लबले पर्मचेत युवा क्लबलाई शून्यका विरुद्ध ५ गोलले निराश तुल्यायो ।

तेस्रो खेलमा थर्र्पु युवा क्लब (बी) ले हिमचुली युवा क्लब (बी) लाई ४–० ले हराउँदा चौथो खेलमा कन्यास्थान युवा क्लबले तमै युवा क्लबलाई ३–१ ले पराजित गर्यो ।

त्यसैगरी पाँचौ खेलमा जन आवाज युवा क्लब (बी) ले छारवाका युवा क्लब (ए) लाई २–० ले पराजित गर्दा छैठौं खेलमा कार्तिके युवा क्लबले छारवाका युवा क्लब (बी) लाई समान २–० ले निराश बनायो ।

सातौं खेलमा मनेघङ डब्जोङ युवा क्लबले चौतारा युवा क्लबलाई ३–१ ले हरायो भने आठौं खेलमा म्हेन्दो फोले युवा क्लबले मेलमिलाप युवा क्लब (ए) लाई टाईब्रेकरमा ५–४ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भयो ।

 

Post Comments