
काठमाडौं । पछिल्लो समय नेपालको घरेलु फुटबलमा व्यस्त देखिएका नाइजेरियन डिफेन्डर ओमोलजा करिमलाई दोस्रो नेपाल सुपर लिगका लागि ललितपुर सिटी फुटबल क्लबले अनुवन्ध गरेको छ ।
ललितपुरले शनिबार आफ्नो आधिकारिक पेजमार्फत करिमलाई अनुवन्ध गरेको कुरा घोषणा समेत गरेको छ । करिमले गत सिजन मच्छिन्द्र फुटबल क्लबका लागि शहिद स्मारक ए डिभिजन लिग पनि खेलेका थिए ।
त्यसो त उनले नेपाल सुपर लिग कै पहिलो संस्करण बुटवल लुम्बिनी फुटबल क्लबका लागि खेलेका थिए । त्यसवाहेक मोहम्मदन, मिनर्वा पञ्जाब, एजवाल र सुदेवा दिल्ली एफसी जस्ता भारतीय क्लबहरुबाट पनि व्यवसायीक फुटबल खेलेको अनुभव करिमसँग छ ।
यसपटक ललितपुर सिटीको मार्की खेलाडीमा चर्चित राष्ट्रिय डिफेन्डर अनन्त तामाङ छन् । त्यस्तै मुख्य प्रशिक्षकमा अनुभवी अष्ट्रेलियन प्रशिक्षक इयान एन्ड्रियु गिलन रहेका छन् । नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ । लिगको पहिलो संस्करण काठमाडौं रेजर्सले जितेको थियो ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न