News कन्यास्थानलाई तेस्रो कुपा कपको उपाधि
गोलनेपाल

निलकण्ठ । यहाँ सम्पन्न तेस्रो कुपा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि कन्यास्थान युवा क्लब, नुवाकोटले जितेको छ । फाइनलमा विद्यार्थी उपकार संघ, पात्लेलाई टाईब्रेकरमा हराउँदै कन्यास्थान च्याम्पियन बनेको हो ।

त्यसअघि निलकण्ठ–१४, कुपा स्थित स्थानीय खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । यद्यपि टाईब्रेकरमा भने कन्यास्थानले विद्यार्थी उपकार संघलाई ५–४ ले हराउँदै उपाधि जित्न सफल भयो ।

विजेता बनेको कन्यास्थानले उपाधिसहित नगद ५०,५०० हात पार्यो भने उपविजेता विद्यार्थी उपकार संघले ३०,५०० सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

कुपा युवा समाज, निलकण्ठ–१४, कुपा, धादिङको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल ४० टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

Post Comments