News चक्रघट्टी क्वाटरफाइनलमा
गोलनेपाल

राजाबास । संघर्षपुर्ण जितका साथ चक्रघट्टी फुटबल क्लब यहाँ जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रिक्वाटरफाइनल खेलतर्फ चक्रघट्टीले जन चेतना युवा क्लबलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको खेलतर्फ चक्रघट्टीका लागि निशान लिम्बुले गोल गरेका थिए भने जन चेतनाका लागि लभ चौधरीले गोल गरेका थिए । टाईब्रेकरमा भने चक्रघट्टीले ५–३ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलमा चक्रघट्टीका आसिब राई म्यान अफ द म्याच घोषित भए । उनले नगद १५०० सहित ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक १५ गते बुधबारको खेल हाटखोला फुटबल क्लब र रामधुनी आदर्श फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक २४ गतेका दिन हुनेछ ।

 

Post Comments