News रारा भेट्रान गोल्डकप मंसिर ११ देखि (खेलतालिकासहित)
गोलनेपाल

राजारानी । रारा भेट्रान क्लब, राजारानी, धनकुटाको आयोजनामा आउँदो मंसिर ११ गतेदेखि स्व. ज्ञान बहादुर तथा बुद्धिमाया लिम्बु स्मृति प्रथम रारा भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुने भएको छ ।

चौबिसे गाउँपालिका स्थित राजारानी खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार मंसिर ११ गते हुने उद्घाटन खेलमा हाम्रो धरान भेट्रान, सुनसरी र दुधे भेट्रान, झापा भिड्ने उल्लेख छ ।

प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुको सहभागिता रहेको छ । साथै प्रतियोगिताको फाइनल खेल भने मंसिर १४ गतेका दिन हुने पनि खेलतालिकामा उल्लेख गरिएको छ ।

चौबिसे गाउँपालिका, राजारानी, धनकुटा संरक्षक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम पनि रहेको छ ।

Post Comments