News सुदुरपश्चिममा कोरोनाको त्रासः राजधानी कप स्थगित
गोलनेपाल

धनगढी । कैलालीको अत्तरियामा विहीवारदेखि हुने भनिएको दोश्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

कोरोना भाईरसको त्रासका कारण सवै तयारी पुरा भएर खेल तालिका समेत जारी भएपछि आयोजना हुने दिनमै प्रतियोगिता स्थगित गरिएको हो ।

पिएफए स्पोर्टस क्लव अत्तरियाको आयोजनामा विहीवार फागुन २२ गतेदेखि २८ गतेसम्म हुने राजधानी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएपनि गोदावरी नगरपालिकाले सार्वजनिक कार्यक्रम नगर्न अपिल जारी गरेपछि प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाईरसको संवेदनशिलताका कारण गोदावरी नगरपालिका क्षेत्रमा कुनै पनि कार्यक्रम नगर्नका लागि अपिल गरिएका कारण सोही सुचनाका आधारमा प्रतियोगिता आकस्मिक रुपमा स्थगित गर्न बाध्य भएको संयोजक सन्तोष भट्टले बताए ।

साथै अवको केही दिनमा फुटबल प्रतियोगिता आयोजना गरिने पनि आयोजकले जनाएको छ । मालिका खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगितामा कैलाली वाकेँ र दाङका कुल ११ टीमहरुले सहभागीता जनाउने भनिएको थियो ।

Post Comments