News पिपलटार कप फुटसल प्रतियोगिता हुने
गोलनेपाल

विदुर । पिपलटार फुटबल क्लब, विदुर नगरपालिका, नुवाकोटको आयोजनामा यही कार्तिक २४ र २५ गतेका दिन प्रथम पिपलटार कप फुटसल प्रतियोगिता हुने भएको छ ।

विदुर–५ स्थित पिपलटार फुटसलमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि कार्तिक २२ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३,३३३ रुपैयाँ तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

दशैं तथा तिहार कै अवसर पारी आयोजित प्रतियोगिता अवसर पारी विविध साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

Post Comments