News मच्छिन्द्रलाई माइ भ्याली गोल्डकपको उपाधि
गोलनेपाल

इलाम । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले शनिबार सम्पन्न छैटौं माइ भ्याली गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

इलाम स्थित ठुलो टुंडिखेल मैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा मच्छिन्द्रले आयोजक माइ भ्याली फुटबल क्लबलाई १–० को झिनो अन्तरले हरायो ।

मच्छिन्द्रको जितमा आन्द्रेस नियाले इन्जुरी समयमा एक मात्र निर्णायक गोल गरे । विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद ८ लाख हात पारेको छ भने आयोजक माइ भ्यालीले ५ लाखमा चित्त बुझाएको छ ।

स्मरण रहोस, मच्छिन्द्रले हालै सम्पन्न सताक्षी गोल्डकपको उपाधि पनि जितेको थियो । मोफसलमा मच्छिन्द्रले यस सिजन जितेको यो दोस्रो उपाधि समेत हो ।

माइ भ्याली फुटबल क्लब, इलामको आयोजनामा गत फागुन १५ गतेदेखि शुरु प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुको सहभागिता रहेको थियो ।

Post Comments