काठमाडौँ । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको आधिकारिक टिकेटिङ पार्टनरमा नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे“ नै रहने तय भएको छ ।
आइएमई पे र एनएसएलको आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) बीच भएको रणनीतिक साझेदारी सम्झौता अन्तर्गत यही मंसिर ८ गतेदेखी हुने बहुप्रतिक्षित “नेपाल सुपर लिग २०२३ “को लागि आधिकारिक टिकेटिङ पार्टनरको रूपमा आइएमई पे रहने पक्का भएको हो ।
यो सम्झौतासँगै डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले फुटबल समर्थकहरूलाई नेपाल सुपर लिगको दोस्रो सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त हुने विश्वास आइएमई पेको रहेको छ ।
नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आइएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी बताए । उनी भन्छन्, “नेपाली फुटबल विकासमा एनएसएलसँग सहकार्य गर्ने मौका दिएकोमा नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम)लाई धन्यवाद दिन चाहन्छु, र ‘आइएमई पे’ को डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित पनि रहेका छौं ।”
स्मरण रहोस, आउँदो मंसिर ८ गतेदेखि शुरु हुन गईरहेको नेपाल सुपर लिगको दोस्रो संस्करणको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन काठमाडौं र इलाम भिड्दै दोस्रो सिजनको शुरुवात गर्नेछन् । प्रतियोगितामा यसपटक कुल ९ टोलीहरुले सहभागिता जनाउँदै छन् ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)