काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को दोस्रो चरणको छनौट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेल खेल्न युएई जानु अघि टिम नेपालले आफ्नो अन्तिम मैत्रीपूर्ण अभ्यास खेलमा बराबरी खेलेको छ ।
शनिबार दशरथ रंगशालामा भएको अन्तिम अभ्यास खेलमा नेपालले नेपाल सुपर लिग च्याम्पियन काठमाडौं रेजर्ससँग १–१ गोलको बराबरी खेलेको हो । नेपालका लागि जिलेस्पी जंग कार्कीले गोल गरे । टिम नेपालले यसअघिका तीन अभ्यास खेलहरुमा जित हात पारेको थियो ।
स्मरण रहोस, फिफा विश्वकप र एएफसी एसियन कपको छनौट प्रतियोगिता अन्तरगत नेपालले यही नोभेम्बर १६ तारीख (कार्तिक ३० गते) का दिन युएईसँग समूह चरणको पहिलो म्याच खेल्दैछ । जुन खेल दुबई स्थित अल मक्तुम स्टेडियममा नेपाली समयअनुसार राती ९ः३० बजेदेखि हुने कार्यक्रम छ ।
फिफा ववरियतामा हाल नेपाल १७३औं स्थानमा रहँदा युएई भने ६९औं स्थानमा छ । छनौट प्रतियोगिता अन्तरगत समूह एचमा रहेको नेपालले युएईबाहेक अर्को बलियो टोली बहराईन र यमनसँग खेल्ने कार्यक्रम पनि छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान