News सुपर लिगका लागि चितवनसँग बिमलको तयारी शुरु
गोलनेपाल

काठमाडौं । हालै मात्र सुनिश्चित भविष्यका लागि सबैलाई आश्चर्यमा पार्दै अष्ट्रेलिया प्रस्थान गरेका नेपालका स्टार फरवार्ड बिमल घर्ती मगर बहुप्रतिक्षित दोस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि स्वदेश फर्किएका छन् ।

बिमललाई एफसी चितवनले आफ्नो आइकोनिक खेलाडीका रुपमा अनुवन्ध गरेको छ । साथै स्वदेश फर्किएका बिमलले चितनको स्क्वाडसँग अभ्यास पनि शुरु गरिसकेका छन् । बिमलको आगमनबारे क्लबले पनि आधिकारिक रुपमा तस्विरसहित जानकारी गराईसकेको छ ।

एफसी चितवनको मार्की खेलाडीमा अनुभवी गोलरक्षक बिशाल श्रेष्ठ रहेका छन् । त्यस्तै मुख्य प्रशिक्षकमा भने भारतका मेहराजुद्दिन वादु रहेका छन् । चितवनको स्क्वाडमा नवयुग श्रेष्ठ, अमृत श्रेष्ठ, रोशन राना मगर, छिरिङ गुरुङ, राजेश परियार जस्ता राष्ट्रियस्तरका युवा तथा अनुभवी खेलाडीहरु पनि छन् ।

स्मरण रहोस, नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेण्ट प्रा.लि. को आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष सहयोगमा बहुप्रतिक्षित नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुँदैछ ।

Post Comments