News
हिमालयनलाई जोहोर कपको उपाधि

काठमाडौं । मलेसियामा रहेका प्रवासी नेपालीहरुबीच दिपावलीको अवसर पारी आयोजित प्रथम जोहोर कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि हिमालयन फुटबल क्लबले जितेको छ ।
फाइनलमा हिमालयनले पेनाङ्ग फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो । हिमालयनको जितमा सन्देश मगर र अभिषेक लिम्बुले गोल गरे ।
विजेता बनेको हिमालयनले उपाधिसहित नगद २० हजार मलेसियन रिंगेट हात पार्यो भने उपविजेता पेनाङ्गले १० हजार रिंगेटसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । विजेता हिमालयन एफसीका अजित चौधरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए ।
मलेसियामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित जोहोर नेप्लिज फुटबल कम्युनिटी एफसीको आयोजनामा भएको दुई दिने प्रतियोगितामा कुल २० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments