News किरात गोल्डकप मंसिर दोस्रो सातादेखि
गोलनेपाल

फिदिम । पाँचथर फुटबल क्लब, फिदिम–९, पाँचथरको आयोजनामा आउँदो मंसिर १४ गतेदेखि वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किरात गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

पाँचथर स्थित फिदिम माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो । नेपाल र भारतका गरी कुल आठ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल मंसिर २३ गतेका दिन हुनेछ ।

वाइवाइ चाउचाउको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए ।

पाँचथर जिल्लाको अहिलेसम्म कै सर्वाधिक धनराशी र पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका रुपमा रहेको किरात गोल्डकप सम्पन्न गर्न करिब ५१ लाख खर्च हुने पनि आयोजक अध्यक्ष केप्छाकीले जानकारी दिए ।

 

Post Comments