News जर्मनी र अर्जेन्टिना सेमिफाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । उपाधिका दुई दावेदार टोली जर्मनी र अर्जेन्टिना जारी फिफा यु–१७ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इण्डोनेसियाको राजधानी जकार्ता स्थित जकार्ता इन्टरनेशनल स्टेडियममा भएको पहिलो क्वाटरफाइनलमा जर्मनीले अर्को दावेदार टोली स्पेनलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो ।

जर्मनीका लागि खेलको ६४औं मिनटमा पेरिस ब्रुनरले पेनाल्टीबाट गरेको एक मात्र गोल टोलीलाई सेमिफाइनलमा पुर्याउन निर्णायक गोल बन्यो ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाले डिफेन्डिङ च्याम्पियन तथा अर्को बलियो टोली ब्राजीललाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो ।

अर्जेन्टिनाको जितमा क्लाडियो इचेभरीले २८, ५८ र ७१औं मिनटमा तीन गोल गर्दै ह्याट्रिक गरे । अब २८ नोभेम्बरका दिन हुने पहिलो सेमिफाइनलमा अर्जेन्टिना र जर्मनी फाइनल प्रवेशका लागि भिड्ने छन् ।

Post Comments