News दोस्रो उमाकुण्ड लिग मंसिर २९ गतेदेखि
गोलनेपाल

उमाकुण्ड । लिखु भुजी रामेछाप युवा क्लब, उमाकुण्ड–७, भुजी, रामेछापको आयोजनामा यही मंसिर २९ गतेदेखि पुष ६ गतेसम्म दोस्रो उमाकुण्ड लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

उमाकुण्ड–७, भुजी, रामेछाप स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि यही मंसिर २२ गतेसम्म खुला गरिएको पनि आयोजकले जानकारी दियो ।

उमाकुण्ड गाउँपालिका, रामेछापको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही २०–२० हजार नगद प्रोत्साहन वापतको रकम प्रदान गरिने आयोजक क्लबका अध्यक्ष शेर कुमार सुनुवारले बताए । त्यसैगरी व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष सुनुवारले बताए ।

प्रतियोगितामा कुल १६ टोलीहरुलाई मात्र सहभागि गराइने आयोजकले जानकारी दियो । साथै एक जिल्लाको टिममा अर्को जिल्लाको तथा राष्ट्रियस्तरमा अनुवन्धित कुनै पनि श्रेणीका खेलाडीलाई पनि खेलमा सहभागि नगराईने आयोजकले स्पष्ट पार्यो ।

त्यसवाहेक विविध आकर्षक सांस्कृतिक कार्यक्रम प्रदर्शन, महिला तथा पुरुष (लेजेण्ड र भेट्रान) खेलाडीहरुको बेजोड खेल प्रदर्शनी पनि रहने आयोजकले जानकारी दियो ।

Post Comments