
काठमाडौं । रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१ गोलले पराजित गर्यो । रेडनका राजु रिमालले २ तथा रजिन पाण्डेले १ गोल गरे । एमआरएमका उपेन्द्र राईले १ गोल फर्काए । उपाधिसंगै रेडनले २० हजार तथा एमआरएमले १५ हजार नगद पुरस्कार हात पारे ।
एमआरएमका उपेन्द्र राई उत्कृष्ट खेलाडी घोषित भए भने रेडनका आशिष डंगोल उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १० गोल गरेका जेभियरका रोनिश श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई प्रदेश सांसद् बसन्त मानन्धर, अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग निर्देशक सन्जिव मिश्र, काठमाडौं महानगरपालिका वडा १६ का अध्यक्ष मुकुन्द रिजाल र प्रतियोगिता संयोजक निराजन थापाले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २० टिम सहभागी थिए ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय