झापा । लेटाङ फुटबल क्लब, मोरङ जारी सुखानी शहिद स्मृति प्रदेश १ स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा म्याङलुङ नगर खेलकुद विकास समिति, तेह्रथुमलाई ३–१ ले हराउँदै लेटाङले अन्तिम चारमा स्थान बनाएको हो ।
लेटाङका लागि २६औं मिनटमा एमा राईले गोल गर्दै टोलीको गोलको खाता खोलेकी थिईन् । खेलको ३५औं मिनटमा सपना मगरले लेटाङको त्यो अग्रता दोब्बर पारीन् ।
उता म्याङलुङका लागि ४७औं मिनटमा एनिन लिम्बुले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरिन् । तर सफल हुन सकिनन् । आशा लिम्बुले लेटाङका लागि तेस्रो गोल गर्दा म्याङलुङ निराश बन्न पुगेको थियो ।
खेलमा लेटाङकी कप्तान साबित्रा मगर वुमन अफ द म्याच घोषित भईन् । उनले पुरस्कार वापत नगद ३ हजार प्राप्त गरिन् ।
प्रतियोगिता अन्तरगत सोमबारको अन्तिम क्वाटरफाइनल खेल साविक विजेता कर्ण सिंह सोनाम फुटबल क्लब, ताप्लेजुङ र माउण्ट एभरेष्ट स्र्पोटिङ क्लब, सुनसरीबीच हुने आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा