News भव्य बन्दै इटहरी स्टेडियम (फोटो फिचर)
गोलनेपाल

इटहरी । फुटबल र फुटबल खेलाडीहरुका लागि उर्बर भूमिका रुपमा चिनिने सुनसरीको इटहरी रंगशालाले नयाँ र आकर्षक रुप लिने संघारमा छ ।

रंगशालालाई नयाँ रुप दिने क्रममा हाल थप ३७०० नयाँ सिट जडान गरिएको छ । योसँगै रंगशालाको नयाँ दर्शक क्षमता करिब ९ हजार पुग्नेछ ।

यहि १७ मार्चसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी काम भईरहेको रंगशालामा फ्रेन्च इन्जिनियर तथा नेपाली र जापानी कमदारहरुले समय मै सम्पन्न गर्ने गरि काम गरिरहेका छन् ।

राष्ट्रिय खेलकुद परिषदको स्वामित्वमा रहेको रंगशालामा उक्त कार्यका लागि सरकारले २२ करोड रकम छुटाएको छ । स्मरणीय छ, इटहरी रंगशालामा मनमोहन स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप हुँदै आइरहेको छ ।

फेरिदै गरेको रंगशालालाई तस्विरहरुमा पनि हेर्नुहोस् ।

Post Comments