News जिरिखिम्ती, बिबिसी र लालीगुराँसलाई सफलता
गोलनेपाल

कोबेक । यहाँ जारी सनराइज कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शनिबार जिरिखिम्ती स्र्पोटिङ क्लब, बिबिसी र लालीगुराँस फुटबल क्लबले आ–आफ्नो खेलमा जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

म्याङलुङ–८, कोबेक स्थित स्थानीय खेलमैदानमा भएको दिनको पहिलो खेलमा जिरिखिम्तीले जि.वाई.सी. लाई पेनाल्टी शुटआउटमा ६–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यस्तै सोही मैदानमा भएको दिनको दोस्रो खेलमा बिबिसीले आम्बुङ युवा क्लबलाई २–० ले हरायो । बिबिसीको जितमा नितेश लिम्बु र गोपाल लिम्बुले एक–एक गोल गरे ।

तेस्रो खेलमा लालीगुराँस फुटबल क्लबले बिटि एफसीलाई सडन डेथमा ६–५ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भयो ।

सनराईज युवा क्लब, म्याङलुङ–८, कोबेक, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २० गतेका दिन हुनेछ ।

Post Comments