News एम.वाई.सी., मुनाल र लालीगुराँस सेमिफाइनलमा
गोलनेपाल

कोबेक । एम.वाई.सी., मुनाल युवा क्लब र लालीगुराँस फुटबल क्लब यहाँ जारी सनराईज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

म्याङलुङ–८, कोबेक स्थित स्थानीय खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनल भिडन्ततर्फ एम.वाई.सी. ले जिरिखिम्ती स्र्पोटिङ क्लबलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो ।

त्यस्तै तेस्रो क्वाटरफाइनलमा मुनालले साविक विजेता बिबिसीलाई ४–० ले हरायो । मुनालको जितमा निरज परियारले ह्याट्रिक गरे । थप एक गोल भने रेमन लिम्बुले गरे । मुनालका ह्याट्रिककर्ता निरज परियार म्यान अफ द म्याच पनि चुनिए ।

त्यसैगरी अन्तिम क्वाटर फाइनलमा लालीगुराँसले चुटान फुटबल क्लबमाथि ५–० को फराकिलो जित निकाल्यो । लालीगुराँसका लागि सन्जिव लिम्बुले दुई गोल गरे भने हिमाल लिम्बु, समिप लिम्बु र इन्द्र लिम्बुले थप एक–एक गोल गर्दै टोलीको सेमिफाइनल यात्रा सुनिश्चित गरे ।

सनराईज युवा क्लब, म्याङलुङ–८, कोबेक, तेह्रथुमको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २० गतेका दिन हुनेछ ।

 

Post Comments