News पाँचथर: हिमालयन शेर्पा र ताप्लेजुङ भिड्दै
गोलनेपाल

फिदिम । फिदिममा जारी ‘प्रथम वाईवाई अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत आज अन्तिम क्वाटरफाइनलमा ‘ए’ डिभिजन क्लब हिमालय शेर्पा र छिमेकी जिल्ला ताप्लेजुङको कणर्सिं सोनाम स्मृति क्लब प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि आयोजक पाँचथर एफसी, बिर्तामोड युनाइटेड झापा र डाँगीहाट एफसी मोरङ किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

फिदिम माविको खेल मैदानमा हुने खेलमा शेर्पा र ताप्लेजुङबीचको खेल प्रतिप्रर्धात्मक हुने अनुमान गरिएको छ । प्रतियोगिता दिनको २ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा विजेता हुने टिमले चार लाख चार हजार ४४४ रुपैयाँ र दोस्रो हुनेले दुई लाख दूई हजार २२२ रुपैँया प्राप्त गर्नेछन् ।
Post Comments