News ललितपुर रोकियो, झापाको सम्भावना कायमै
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपरा लिग (एनएसएल) तर्फ शिर्षताको होडमा रहेको लतिलपुर सिटीले शिर्ष चारका लागि संघर्ष गरिरहेको झापा फुटबल क्लबसँग बराबरी खेलेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको एक मात्र खेलमा ललितपुरले झापासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेलमा दुवैतर्फबाट गोलको प्रयास भए पनि सम्भव भने हुन सकेन ।

खेलमा ललितपुरका युवा डिफेन्डर सनिष श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

यो नतिजापछि ६ खेलबाट १० अंक जोडेको ललितपुर लिगतालिकाको दोस्रो स्थानमा छ र लिगलिडर धनगढी भन्दा एक अंकले पछाडी छ । उता झापा भने ७ अंकका साथ पाँचौं स्थानमा उक्लेको छ र शिर्ष चारको सम्भावनालाई कायम राखेको छ ।

Post Comments