News एन्फा यु–१६ लिग सुचारु हुने मिति तय
गोलनेपाल

काठमाडौं । केही महिना यता रोकिएको एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिता यही पुष ९ गतेदेखि पूनः सुचारु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार क्लबहरुसँगको बैठकपछि लिगको मिति घोषणा गरेको हो ।

स्मरण रहोस, केही दिन अघि मात्र एन्फा र सहभागि ए डिभिजन क्लबहरुबीच बसेको बैठकले लिग सुचारु गर्ने सहमति भएको थियो । एन्फाका अनुसार पुष ९ गते मनाङ मस्र्याङ्दी क्लब र फ्रेण्डस क्लबले खेल्दै युथ लिग फेरि सुचारु हुनेछ ।

 

Post Comments