News अल स्टार उपाधि नजिक
गोलनेपाल

धरान । अल स्टार फुटबल क्लब, सुनसरी यहाँ जारी एन्फा प्रेसिडेन्ट कप यु–१५ नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ अल स्टारले राष्ट्रिय जागृति क्लब, सुनसरीलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

एन्फा टेक्निकल सेन्टर, धरानको खेलमैदानमा भएको खेलमा अल स्टारका लागि लोक विक्रम कार्की, युकफुङ्ग लिम्बु र संयोग राईले गोल गरे । पराजित राष्ट्रिय जागृतिका लागि सुदिप कुमार श्रेष्ठले एक मात्र गोल फर्काएका थिए ।

खेलमा अल स्टारका गोलरक्षक प्रविण लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १०००, मेडल र जर्सी हात पारे ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही पुष ६ गतेका दिन हुनेछ ।

Post Comments