News ए डिभिजन क्लबहरुको एन्फालाई अल्टिमेटम
गोलनेपाल

काठमाडौं । ए डिभिजन क्लबहरुले आफूहरुले पाउनु पर्ने तयारी खर्च रकम अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अझै प्राप्त नभएको भन्दै एन्फालाई ‘अल्टिमेटम’ सहितको ज्ञापनपत्र बुझाएका छन् ।

क्लबहरुका अनुसार एन्फाले २०७८–७९ तथा २०७९–८० मा सञ्चालित प्रतियोगिताको पूर्व तयारी खर्च अझै उपलब्ध गराएको छैन । साथै क्लबहरुले उक्त रकम यही पुस १५ (डिसेम्बर ३१ तारीख) गतेसम्म चुक्ता गर्न एन्फालाई अल्टिमेटम समेत दिएको छ ।

उक्त समय सिमासम्म पनि रकम उपलब्ध नभए क्लबहरुले एन्फाले सञ्चालन गर्ने कुनै पनि प्रतियोगिताहरुमा सहभागिता नजनाउने ज्ञापनपत्रमा उल्लेख गरेका छन् । पटक–पटकको छलफल र सहमति पश्चात् पनि पाउनु पर्ने रकम नपाएपछि क्लबहरुले यो निर्णय लिन बाध्य बनेको बताएका छन् ।

हेर्नुहोस ज्ञापनपत्रको पूरा अंशः

Post Comments