News साफ यु–१९ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । बंगलादेशमा हुन गईरहेको साफ यु–१९ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ । ढाका स्थित बिर श्रेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा हुने प्रतियोगितामा दक्षिण एसियाका कुल ४ टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

आउँदो फेब्रुअरी २ देखि ८ तारीखसम्म हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा भारत र भुटान भिड्ने छन् । त्यस्तै सोही दिन नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ । स्मरण रहोस, बंगलादेश प्र्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो । त्यस्तै नेपाल भने उपविजेता हो ।

सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको लिग चरणपछि शिर्ष स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

हेर्नुहोस खेलतालिकाः

 

Post Comments