News फिदिम नगर कपः पाँचथर र शनिश्चरे उपाधिका लागि भिड्ने
रमेश समदर्शी

रानीटार (पाँचथर) । पाँचथर फुटबल क्लबले झापाको शनिश्चरे एफसीसँग यहाँ जारी पाँचौ फिदिम नगर कपको फाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा झापाकै तुर्केनी एफसी काँकरभिट्टालाई ५३ गोलअन्तरले पराजित गरेपछि पाँचथरले शनिश्चरे एफसीसँग भेट पक्का गरेको हो ।

पाँचथरका लागि शुकराज राईले खेलको ३ मिनेटमै गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । यस्तै मनिष क्षेत्रीले २०औँ मिनेटमा गोल गर्दै पाँचथरको अग्रता दोब्बर बनाएका हुन् ।

यस्तै प्रविण जबेगु, साजन राई र लोकेन्द्र थापाले पाँचथरका लागि थप गोल गरेर उपाधि नजिक पुराएका हुन् । झापाका लागि भने नवराज गुरुङले व्यक्तिगत २ गोल गरे भने सुरज लिम्बूले गोल फर्काए पनि हार टार्न भने सकेनन् ।

यसअघि झापाको शनिश्चरे एफसीले आयोजक स्वतन्त्र एफसीलाई ४(२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । पहिलोपल्ट सहभागिता जनाएको उपाधिको दाबेदार शनिश्चरेका लागि प्रदिप बुढाथोकीले पहिलो ह्याट्रिक पूरा गरेका थिए । यस्तै सौरभ लिम्बूले दोस्रो हाफको ६ मिनेटमा गोल गरेका थिए ।

आयोजकका लागि डिके गुरुङले दोस्रो हाफको १४औँ र अनुराग जबेगुले १६औँ मिनेटमा गोल गरे पनि उपाधि होडमा पुग्न सकेन । 

 
Post Comments