News एएफसी सी डिप्लोमा कोचिङ कोर्ष शुरु
गोलनेपाल

पोखरा । कास्की जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा पोखरामा दोस्रो चरणको पाँच दिने एएफसी सी डिप्लोमा कोचिङ कोर्ष शुरु भएको छ ।

कोर्षमा कास्कीका २० भन्दा बढी प्रशिक्षार्थी प्रशिक्षकहरुले सहभागिता जनाएका छन् । कोर्षमा सहभागि प्रशिक्षार्थीहरुलाई फुटबल प्रशिक्षणबारे महत्वपूर्ण जानकारी र अभ्यास उपलब्ध गराईने छ ।

स्मरण रहोस, यसअघि हालै सुनसरीमा पनि एएफसी सी डिप्लोमा कोचिङ कोर्ष सम्पन्न भएको थियो । यो कोर्ष एन्फाले आफू मातहतका सबै जिल्लाहरुमा सञ्चालन गर्ने योजनामा समेत रहेको छ ।

Post Comments