News जापानमा हुने युथ फुटबल प्रतियोगिताका लागि यु–१२ खेलाडी छनौट गरिने
गोलनेपाल

काठमाडौं । हरेक वर्ष जस्तै यस वर्ष पनि जापानमा हुने प्रतिष्ठित कोपा टोरेरोज युथ फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपालको यु–१२ फुटबल टोली तयार पार्न खुला छनौट हुने भएको छ ।

स्मरण रहोस, बिजी फुटबल एकेडेमी, पोखराले हरेक वर्ष जापानमा हुने उक्त युथ फुटबल प्रतियोगिता खेल्न देशव्यापीबाट इच्छुक बाल खेलाडीहरुलाई खुला छनौट गरि टिम तयार पारेर जापान लैजाने गर्दै आइरहेको छ ।

एकेडेमीका फुटबल प्रशिक्षक राजेन्द्र तामाङले १२ वर्ष ननाघेका दक्ष तथा क्षमतावान खेलाडीहरुलाई सम्पर्क गर्न आह्वान समेत गरेका छन् । उनले मार्च महिनाभित्र जानुपर्ने भएकोले टिम तयार पार्न लागिएको जानकारी दिए ।

इच्छुक, क्षमतावान र योग्य बाल खेलाडीहरुले सम्पर्क नम्बर ९८५६०७७०८८, ९८४६०२३३९२, ९८४६५८५३८३, ९८४६०५३१६३ मा सम्पर्क गर्न सकिने पनि प्रशिक्षक तामाङले बाए ।

Post Comments