News दक्षिणकाली उपमेयर कप आजदेखि (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । दक्षिणकाली उपमेयर कप फाईभ ए साईड खुला नकआउट फुटसल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । फर्पिङ स्थित फर्पिङ रिक्रियशनल सेन्टरमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।

दुई दिने प्रतियोगिताको समापन भने आइतबार हुँदैछ । समूह चरणका खेलहरु आज हुँदैछन् भने समापन र फाइनल चरणको खेलहरु आइतबार हुने आयोजकले जनाएको छ ।

सुकुन्दा ल्याम्ह पुचःको आयोजनामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments