News विश्व शान्ति र सुनौलो संगम सेमिफाइनलमा
सुरज राना मगर

अस्नैया । विश्व शान्ति युवा क्लब, सालझण्डी र सुनौलो संगम, कञ्चन–५ यहाँ जारी तेस्रो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

कञ्चन–४, सरकारी बोरिङ स्थित रुद्रपुर माविको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा विश्व शान्तिले हिमालयन सामुदायिक विकास केन्द्र, कञ्चन–४ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा विश्व शान्तिका सुरज थारु म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै चौथो तथा अन्तिम क्वाटरफाइनलमा सुनौलो संगमले फर्साटिकर युथ क्लब, फर्साटिकरलाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा सुनौलो संगमका गोलरक्षक कुशल सुनार म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत पुस २८ गते शनिबारको पहिलो सेमिफाइनल खेल राजेश आस्था फाउण्डेशन, कपिलवस्तु र विश्व शान्ति युवा क्लब, सालझण्डी बीच हुने खेल संयोजक दृष्टि राना मगरले जानकारी दिए ।

रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ २ गतेका दिन हुनेछ ।

Post Comments