News
दोस्रो अन्तरपालिका स्तरीय रनिङ शिल्ड फुटसल शुरु
हेटौडा । शहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे स्मृति दोस्रो अन्तरपालिका स्तरीय रनिङ शिल्ड सिक्स ए साईड फुटसल प्रतियोगिताको पहिलो दिन चार खेलहरु सम्पन्न भएका छन् ।
पहिलो खेलमा खेलकुद विकास समिति मकवानपुरगढीले हेटौडा फुटबल एकडेमीलाई हरायो । दोस्रो खेलमा बागमती गाउँपालिकाले थाहा नगरपालिकालाई पराजित गर्दा तेस्रो खेलमा हेटौडा उपमहानगरपालिका (ए) ले मकवानपुरगढी (बी) लाई हरायो ।
चौथो खेलमा बागमती गाउँपालिकाले हेटौडा फुटबल एकेडेमीमाथि जित निकाल्यो । लिगकम नकआउटका आधारमा शुरु प्रतियोगिता आउँदो माघ १ गतेसम्म चल्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेता ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि