News मुर्गिया फाइनलमा, उपाधिका लागि विश्व शान्तिसँग भिड्ने
सुरज राना मगर

अस्नैया । मुर्गिया फुटबल क्लब, सैनामैना यहाँ जारी तेस्रो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलतर्फ मुर्गियाले सुनौलो संगम, कञ्चन–३ लाई टाईब्रेकरमा हराउँदै फाइनल प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि कञ्चन–४ स्थित रुद्रपुर माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बरारबी खेलेका थिए । टाईब्रेकरमा भने मुर्गियाले ४–१ ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनल स्थान पक्का गर्यो ।

खेलमा मुर्गियाका गोलरक्षक अनुप राना म्यान अफ द म्याच घोषित भए । मुर्गियाले अब यही माघ २ गते मंगलबारका दिन हुने फाइनलमा विश्व शान्ति युवा क्लब, सालझण्डीसँग उपाधिका लागि भिड्ने खेल संयोजक दृष्टि राना मगरले जानकारी दिए ।

रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने माघ २ गतेका दिन हुनेछ ।

Post Comments