News गोर्खा ब्वाईज फाइनलमा, उपाधिका लागि भैरवसँग भिड्ने
सुरज राना मगर

बुटवल । गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल यहाँ जारी सातौं भूपू सैनिक कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलतर्फ गोर्खा ब्वाईजले सौभाग्य युवा क्लब, दिपनगरलाई २–१ ले हराउँदै फाइनल प्रवेश गरेको हो ।

बुटवल–१३ सालघारी स्थित जवई खेलमैदानमा भएको खेलमा गोर्खा ब्वाईजका लागि दुवै गोल अफ्रिकी खेलाडी आफिज ओलावालेले गरे । उता पराजित सौभाग्यका लागि जमिर मियाँले एक मात्र गोल गरेका थिए ।

खेलमा गोर्खा ब्वाईजका लागि दुई गोल गरेका ओलावाले म्यान अफ द म्याच चुनिए । गोर्खा ब्वाईजले बैशाख १ गते शनिबार हुने फाइनलमा बिपी स्मृति भैरव फुटबल क्लब, नवलपरासीसँग उपाधिका लागि भिड्नेछ ।

भूपू सैनिक जवई स्र्पोटिङ क्लब, बुटवल–१३, सालघारी, बेलबासको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments