News हेटौडा उपमहानगरपालिकालाई उपाधि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । खेलकुद विकास समिति, मकवानपुरगढी गाउँपालिकाद्वारा आयोजित सहिद रुद्र पाख्रिन, बासुदेव घिमिरे अन्तरपालिका रनिङ्ग शिल्ड फुटसल प्रतियोगिताको उपाधि हेटौडा उपमहानगरपालिकाले जितेको छ ।

फाइनलमा हेटौंडाले आयोजक मकवानपुरगढी गाउँपालिका खेलकुद बिकास समितीलाई ७–४ ले पराजित गर्दै उपाधी जित्न सफल भएको हो । विजेता बनेको हेटौडाले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्यो भने उपविजेता मकवानपुरगढीले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

हेटौडाका विश्व लामा फाइनल खेलको म्यान अफ द म्याच चुनिए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक हेटौडा कै सुजल लामा बने । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने पनि हेटौडाका समिरराज थोकर चुनिए ।

सर्वाधिक गोलकर्ताको पुरस्कार मकवानपुरगढीका सुजन भोम्जनले हात पारे भने उदियमान खेलाडी मकवानपुरगढीका दुर्लव कुमार दुलाल घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी मकवानपुरगढी गाउँपालिकाका अध्यष दोर्जे लामा स्याङ्तन, उपाध्यक्ष मन कुमारी पाख्रिन लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments