News फुटबल संघको साधारणसभा र गोल्डकप स्थगित
गोलनेपाल

हेटौडा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै नेपालमा विभिन्न संघसंस्थाहरुले आफ्नो पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिरहेका छन् ।

सरकारले नै सभा, सम्मेलन तथा भिडभाड हुने कार्यक्रम नगर्नका लागि निर्देशन दिएको अवस्था रहेको छ । यस्तैमा मकवानपुर जिल्ला फुटबल संघको बार्षिक साधारणसभा र मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ ।

जिल्ला फुटबल संघले बिहीबार सूचना जारी गर्दै चैत्र ८ गते शनिबारका लागि तोकिएको साधारणसभा र चैत्र २९ गतेबाट सुरु हुने भनिएको स्थानीय तह तेस्रो सहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता मकवानपुर गोल्डकप स्थगन भएको जानकारी दिएको हो ।

फुटबल संघ अध्यक्ष टीकाराम लामाद्वारा हस्ताक्षरित सूचनामा साधारणसभा र गोल्डकप अर्को सूचना नभएसम्मका लागि स्थगित भएको उल्लेख गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमप्रति मध्यनजर गर्दै नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ एन्फाले सम्पूर्ण खेल गतिविधि, प्रतियोगिता, प्रशिक्षण, सभा तथा गोष्ठी बन्द गर्न निर्देशन दिएको छ ।

 

Post Comments