च्याङग्रे । यहाँ सम्पन्न प्रथम पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि देउराली फुटबल क्लब, च्याङग्रेले जितेको छ । फाइनलमा आम्तेक–११, खोटाङलाई ३–२ ले हराउँदै देउराली च्याम्पियन बनेको हो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल भिडन्तमा देउरालीका लागि बिजु भुजेलले दुई गोल गरे भने थप एक सुवास तामाङले गरे । उता आम्तेकका लागि दुवै गोल निशान लिम्बुले गरे ।
विजेता बनेको देउरालीले उपाधिसहित नगद ३ लाख हात पार्यो भने उपविजेता आम्तेकले २ लाखमा चित्त बुझायो । देउरालीका बिजु भुजेल फाइनल खेलको म्यान अफ द म्याच चुनिए ।
अन्य विधातर्फ उत्कृष्ट खेलाडी देउराली कै बिबेक राई घोषित भए । उत्कृष्ट गोलरक्षक देउराली कै चरी लिम्बु बन्दा उत्कृष्ट डिफेन्डर आम्तेकका रेमन उदास घोषित भए ।
उत्कृष्ट मिडफिल्डर आम्तेकका रोशन भुजेल बन्दा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ताको पुरस्कार आम्तेक कै निशान लिम्बुले हात पारे ।
पौवादुङमा गाउँपालिका, च्याङ्ग्रे मूल आयोजक समितिको आयोजनामा माघ १ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा