News मलेसियाः छैठौं हिमालयन गोल्डकप हुने
गोलनेपाल

काठमाडौं । ‘एकता र मित्रताका लागि फुटबल’ भन्ने नाराका साथ मलेसियामा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित हिमालयन स्पोर्टस एण्ड रिक्रियशनल क्लबको आयोजनामा आगामी फेब्रुअरी १०, ११ र १२ तारीखका दिन छैठौं हिमालयन गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

मलेसियन शहर सेलंगोर स्थित पानासोनिक स्टेडियममा हुने प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार मलेसियन रिंगिट हात पार्नेछ भने उपविजेताले १५ हजार रिंगिट हात पार्नेछ ।

त्यस्तै अन्य पाँच व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही ५००–५०० रिंगिटसहित ट्रफीको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।

Post Comments