News युएईमा युनाइटेड कप हुँदै
सुरज राना मगर

काठमाडौं । युएईमा रहेका प्रवासी नेपालीहरुद्वारा स्थापित युनाइटेड स्टार फुटबल क्लबको आयोजनामा यही आउँदो फेब्रुअरी २४ तारीखका दिन नेपाली समुदायका फुटबल क्लबहरुबीच युनाइटेड कप फुटबल प्रतियोगिता हुने भएको छ ।

डुल्स्को, दुबईमा हुने प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको पनि टुंगो लागिसकेको आयोजक क्लबका प्रबिन गुरुङले जानकारी दिए । साथै प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाउने पनि गुरुङले बताए । खेलतालिका भने प्रतियोगिता शुरु हुनु एक साता अघि निकालिने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित ४५०० युएई दिराम हात पार्नेछ भने उपविजेताले ३००० युएई दिरामसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच र अन्य विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

 

Post Comments