News भारतसँग भुटान निरीह
गोलनेपाल

काठमाडौं । शुक्रबारदेखि शुरु साफ यु–१९ महिला च्याम्पियनसिपमा उपाधिको दावेदार मध्ये एक भारतले फराकिलो जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । ढाका स्थित बिर श्रेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको उद्घाटन खेलमा भारतले भुटानलाई १०–० को फराकिलो अन्तरले हराएको हो ।

भारतको जितमा पुजाले ह्याट्रिकसहित चार गोल गर्दा सिबानी देवीले ह्याट्रिक गरिन् । त्यस्तै सुलन्जना राउल, मेनका देवी र एरिना देवीले समान १–१ गोल गर्दै भारतीय टोलीको शानदार जित सुनिश्चित गरे । भारतले आफ्नो आगामी खेल आइतबार बंगलादेशसँग खेल्नेछ । सोही दिन भुटानले नेपालको सामना गर्नेछ ।

दक्षिण एसियाका कुल चार टोलीहरु सहभागि प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा हुनेछ । लिग चरणको खेलपश्चात् शिर्ष दुई टोलीहरु फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल फेब्रुअरी ८ तारीखका दिन हुनेछ ।

 

Post Comments