News
फुटबल अभियन्ता राई गृह जिल्लामा सम्मानित

इटहरी । स्व. कृष्ण प्रसाद भट्टराई स्मृति कोशी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक द योङ्ग ब्रदर्श क्लब, सुनसरीले फुटबलका महारथी आदरणीय व्यक्ती दिलिप राईलाई सम्मान गरेको छ ।
फाइनल खेलको प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री माननीय डिक बहादुर लिम्बुले राईलाई सम्मान पत्र प्रदान गरेका थिए । फुटबलप्रतिको उनको लगाव, माया र समन्वयले गर्दा कोशी प्रदेशमा आयोजना हुने हरेक गोल्डकपमा राई सक्रिय उपस्थित हुने गर्दछन ।
Post Comments