News
नेपालको फाइनल प्रवेशको सम्भावना कायमै
काठमाडौं । पहिलो खेलमा आयोजक तथा साविक विजेता बंगलादेशससँग ३–१ ले पराजित हुन पुगेको नेपालले जारी साफ यु–१९ महिला च्याम्पियनसिपको दोस्रो खेलमा महत्वपूर्ण जित निकाल्दै फाइनल प्रवेशको सम्भावनालाई जिवन्त राखेको छ ।
आइतबार ढाका स्थित विर श्रे्रेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै फाइनल प्रवेशको सम्भावना कायम राखेको हो । खेलको ५४औं मिनटमा सेनु परियारले गरेको एक मात्र गोल नेपाललाई महत्वपूर्ण तीन अंक दिलाउन प्रर्याप्त बन्यो ।
नेपालले लिग चरणको अन्तिम तथा निर्णायक खेलमा मंगलबार दावेदार भारतको सामना गर्नेछ । दक्षिण एसियाका चार देशहरु सहभागि प्रतियोगिताको लिग चरणको खेल पश्चात शिर्ष दुई स्थान हासिल गर्ने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल फेब्रुअरी ८ तारीखका दिन हुनेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल