News नेपालको चुनौति समाप्त, फाइनलमा भारत र बंगलादेश भिड्ने
गोलनेपाल

काठमाडौं । निर्णायक खेलमा निराशाजनक हार बेहोरेपछि जारी साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपालको फाइनल प्रवेश गर्ने सम्भावना र चुनौति समाप्त भएको छ । मंगलबार लिग चरणको अन्तिम र महत्वपूर्ण खेलमा नेपालले भारतसँग ४–० को हार बेहोरेपछि नेपालको चुनौति समाप्त भएको हो ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशससँग ३–१ को हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई १–० ले हराएको थियो । भारतले भने पहिलो खेलमा भुटानलाई १०–० ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

यो नतिजापछि चार टोली सहभागि प्रतियोगिताबाट नेपालसँगै भुटान पनि बाहिरिएको छ । अब ८ फेब्रुअरी बिहीबारका दिन हुने फाइनलमा बंगलादेश र भारत उपाधिका लागि भिड्ने छन् ।

Post Comments