
तरहरा । यहाँ जारी दोस्रो बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको दुवै खेलहरु बराबरीमा सकिएका छन् । पहिलो खेलमा वार्ड नम्बर २ र १० ले १–१ गोलको बराबरी खेले ।
देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर २ का लागि दिपेश तामाङले गोल गरे भने वार्ड नम्बर १० का लागि सुजन उरावले गोल गरेका थिए । खेलमा वार्ड नम्बर २ का दिपेश तामाङ म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दोस्रो खेलमा पनि वार्ड नम्बर ६ र ९ ले समान १–१ गोलको बराबरी खेले । खेलमा वार्ड नम्बर ६ का अर्पित शाले गोल गरे भने वार्ड नम्बर ९ का लागि बिमल राईले गोल गरे । खेलमा वार्ड नम्बर ९ का लागि सन्तोष श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।
बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । बराहक्षेत्र नगरपालिका, सुनसरी संरक्षक रहेको प्रतियोगिताको समापन भने फागुन ४ गतेका दिन हुनेछ ।