बुद्धशान्ति । अमर युवा क्लबको आयोजनामा झापाको बुद्धशान्ति गाउँपलिका वडा नं ४ मा प्रथम अमर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । आगामी फागुन १२ गतेदेखी १९ गतेसम्म प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष रोसन कटुवालले पत्रकार सम्मेलन मार्फत जनाएका छन् ।
झापा र इलामका गरी ८ वटा टिमले सहभागी जनाउने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार नगद, मेडल र ट्रफी रहेको छ । त्यस्तै उपविजेताले ३० हजार नगद र मेडल र ट्रफि पाउने उपाध्यक्ष गणेश बहादुर डाँगीले बताएका छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट गोल किप्पर, खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।
स्थापनाको छोटो समयका विभिन्न रचनात्मक कार्य गर्दै आएको क्लबले पहिलोपल्ट फुटबल प्रतियोगिता गर्न लागेको हो । स्थानीय विपन्न परिवारका खेल क्षेत्रमा लाग्न चाहाने बालबालिकाका लागि फुटवल खेल खेल्न सहयोग गर्नेसाथे खेल सामग्री प्रदान गर्ने उद्देश्यले खेलको आयोजना गर्न लागिएको क्लबका सचिव देवराज भण्डारीले बताएका छन् ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा