News प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा
गोलनेपाल

शिवसताक्षी । शिवशताक्षी नगरपालिका झापामा अवस्थित दुधे रङ्गशालामा दुधे भेट्रान्स क्लबको आयोजनामा जारी चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कप अन्तर्गत सोमबार झिलझिले भेट्रान्स झापा र विराट भेट्रान्स मोरङ बीचको तेस्रो क्वार्टरफाइनल सम्पन्न भएको छ।

उक्त खेलमा झिलझिले झापाले विराट भेट्रान्सलाई ५-२ को रोमाञ्चक नतिजामा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । झिलझिलेको जितमा प्रविन विश्वकर्माले ३ गोल गर्दै ह्याट्रिक पुरा गर्दा अन्कुर खड्काले २ गोल गरेका हुन। ह्याट्रिक पुरा गरेका प्रविन म्यान अफ द म्याच भएका हुन।
उता पराजित टोली विराटका लागि प्रकाश थापा र लिलाराम मगरले समान एक एक गोल फर्काएका थिए।

मंगलबार प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा आयोजक दुधे भेट्रान्स र सिरीजङ्गा भेट्रान्स दिनको ठिक ३ बजे प्रतिस्पर्धा गर्नेछन्

यस प्रतियोगिताको विजेता हुने टोलीले नगद रु १ लाख ५० हजार सहित आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा द्वितीय हुने टोलीले नगद रु.८१ हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको समापन भने जेठ १६ गते हुनेछ।

Post Comments