News राइनो संरक्षण गोल्डकपः गण्डकी क्वाटरफाइनलमा
गोलनेपाल

मध्यविन्दु । गण्डकी प्रदेश यहाँ जारी छैंठौं राइनो संरक्षण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मध्यविन्द् स्थित राइनो रंगशालामा भएको प्रिक्वाटरफाइनलतर्फ गण्डकीले हानानी बि.एफ.सी., भरतपुर लाई २–१ ले हराउँदे क्वाटरफाइनल यात्रा तय गरेको हो ।

खेलमा गण्डकीका गण्डकीका प्रसन्न श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । गण्डकीले अब फागुन ४ गते हुने क्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लब, काठमाडौंको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत माघ २९ गते सोमबारको खेल २८ बिगाहा युवा क्लब, कावासोती र लुम्बिनी प्रदेश बीच हुने आयोजकले जानकारी दियो ।

राइनो क्लब, मध्यविन्दु नगरपालिका, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल आउँदो फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments