News नेपाल पुलिस फाइनलमा प्रवेश
सुरज राना मगर

बर्दघाट । विभागीय टोली नेपाल पुलिस क्लब, काठमाडौं जारी आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसले नवलपरासी–११ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो । खेलमा पुलिसका ओसेन्द्र कुटवाल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन ५ गते शनिबार हुने दोस्रो सेमिफाइनलमा आयोजक नव युवा क्लब, बर्दघाट र राईटलेन एजुकेशन बागमती युवा क्लब, सर्लाही बीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments