News गण्डकी छैठौं राइनो संरक्षण गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

मध्यविन्दु । गण्डकी प्रदेश यहाँ जारी छैठौं राइनो संरक्षण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटरफाइनलतर्फ गण्डकीले मच्छिन्द्र फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले स्तब्ध पार्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

राइनो रंगशालामा भएको खेलको २५औं मिनटमा मुकुन्द न्युरेले गरेको एक मात्र गोल गण्डकीलाई अन्तिम चारमा पुर्याउन निर्णायक गोल बन्यो । खेलमा गण्डकी कै गोलरक्षक आकाश रानाभाट म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन ५ गते शनिबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल अठ्ठाईस बिगाहा युवा क्लब, कावासोती र संकटा कलब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।

राईनो क्लब, मध्यविन्दु(४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल ल्हेल यही फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments