News आरके एफसी सेमिफाइनलमा प्रवेश
सुरज राना मगर

देवदह । आरके एफसी यहाँ जारी तेस्रो वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आरके एफसीले क्वाटरफाइनलतर्फ आइतबार आयोजक चरङ्गे एफसीलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको खेलमा आरके एफसीका लागि अनुज गैरेले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता गैरे नै खेलको म्यान अफ द म्याच समेत घोषित भए ।

आइतबार नै भएका अन्य दुई खेलतर्फ कुँवरवर्ती एफसी र शिवपुर एफसीले जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कुँवरवर्तीले चारापाला एफसीलाई ३–१ ले हरायो । खेलमा कुँवरवर्तीका अनुप बस्नेत म्यान अफ द म्याच घोषित भए ।

अर्को खेलमा शिवपुरले चाँदनी युवा क्लबलाई टाईब्रेकरमा २–१ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा शिवपुरका गोलरक्षक निश्चल केसी म्यान अफ द म्याच घोषित भए ।

शान्ति टोल युवा परिवार, देवदह–१०, चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए । फाइनल खेल भने यही फागुन ११ गतेका दिन हुनेछ ।

Post Comments